टोखा नगरपालिका वडा नं १ मा एक युवा मृत फेला , हत्या गरेर फालिएको आशंका

तारकेश्वर २९, फागुन । टोखा नगरपालिकाको वडा नं १ मालुङ्ग साङ्गला सडक स्थित बाँसको झाँङ्गमा एक युवक मृत अबस्थामा फेलापरेका छन ।
मृत्यु हुनेमा मोरङ्ग बेलबारी स्थाही घर भएका २५ बर्षीय आशिष लिम्बु नाम गरेका युवक रहेको महानगरीय प्रहरी वृत्त महाराजगन्ज का प्रहरी नायब निरीक्षक पुष्प अर्यालले बताए ।
मृतकको साथमा रहेको सवारी साधन अनुमतिपत्र बाट ठेगाना पत्ता लगइएको प्रहरीले बताएको छ ।
मृतक लिम्बुको शरिरमा निलडाम र मुखबाट समेत रगत बगिरहेकोले हत्या गरेर बाँसको झाडीमा फ्याँकिएको आशंका गरिएको छ ।