तानपाले बाँड्यो ८० वटा गाइलाई ओछ्याउने म्याट, ४० हजारको घाँस वितरण

तारकेश्वर ४, चैत्र । तारकेश्वर नगरपालिकाले फागुन महिनामा मात्रै ८० जना कृषकलाई काउम्याट वितरण गरेको छ ।

८० जना पशुपालक कृषकलाई ५ लाख ६० हजार बराबरको काउम्याट ५० प्रतिशत अनुदानमा वितरण गरेको हो।

एउटा काउम्याटको बजार मुल्य ७ हजार भएतापनि ३५ सय रुपैयाँमा कृषकलाई काउम्याट वितरण गरेको नगर पशुसेवा शाखाले जानकारी दिएको छ ।

त्यस्तै तारकेश्वर नगरपालिकाले किसानलाई निःशुल्क बर्खे घाँसको बीउ तथा पशुपन्छीको लागि औषधि समेत वितरण गर्न लागेको छ ‌।

वितरणको लागि घाँसको बीउ र औषधि खरिद गरिसकेको र यो हप्ताबाट वितरण गर्ने योजना बनाएको पशुसेवा शाखाले बताएको छ ।

नगरपालिकाले गत आइतबार ४० हजार बराबरको घाँसको बीउ र औषधि खरिद गरेको हो ।

बर्खे घाँसको बीउमा ट्युसेन्टी नामको घाँस र नाम्ले ,जुका आदिको औषधि चुन लगायतका औषधिहरु वितरण गर्ने कार्यक्रम रहेको छ ।