झाेरमा हाेमस्टे प्रबर्द्धन गर्न अध्ययन अवलोकन भ्रमण 

हरि भेटुवाल – तारकेश्वर चैत १३ टोखा  नगरपालिका वडा १ मा ७ दिने हाेमस्टे, व्यवस्थापन तथा आतिथ्यता सम्बन्धि तालिम वडाको सामुदायिक भवनमा सुरु भएको पाचौं दिनमा टाेखा नगरपालिका वडा १ झाेरको शिवपुरी बाैडेश्वर सामुदायिक हाेमस्टे प्रबर्द्धन गर्न अध्ययन अवलोकन टाेली नवलपरासी को अमलटारी मध्यवर्ती सामुदायिक हाेमस्टेमा आइपुगेको छ।

प्रकृति , संस्कृति र पर्यटन नेपालको पहिचान , समृद्ध मुलुक निर्माण हाेमस्टेको पहिचान भन्ने अवधारणा अनुरुप शिवपुरी बाैडेश्वर सामुदायिक हाेमस्टे तथा पर्यटन व्यवस्थापन समितिद्वारा आयोजित ७ दिने हाेमस्टे, व्यवस्थापन तथा आतिथ्यता सम्बन्धि तालिममा टाेखा नगरपालिकाका विभिन्न वडा बाट २७ जना प्रशिक्षार्थीहरुले सो हाेमस्टे प्रबर्द्धन गर्न अध्ययन अवलोकन टाेली भ्रमणमा पुगेको थियोे ।

आयोजक शिवपुरी बाैडेश्वर सामुदायिक हाेमस्टे तथा पर्यटन व्यवस्थापन समितिका अध्यक्ष, तथा कार्यक्रम संयोजक रामकुमार अधिकारीले ७ दिने हाेमस्टे, व्यवस्थापन तथा आतिथ्यता सम्बन्धि तालिमको ४ दिने सैद्धान्तिक र ३ दिने ब्यबहारिक प्रशिक्षण रहेको बताउदै हाेमस्टे प्रबर्द्धन गर्न अध्ययन अवलोकन भ्रमण अझै टेवा पुग्ने बताए।

अमलटारी मध्यवर्ती सामुदायिक हाेमस्टेका व्यवस्थापक धनिराम गौराले सामुदायिक हाेमस्टे कसरी संचालन गर्ने भन्ने बारे बताए।

१३ चैत्र २०७७, शुक्रबार