विवेकशील साझाको नुवाकोट भेला सम्पन्न, नेपाल र तामाङको नेतृत्वमा जिल्ला समिति गठन

नुवाकोट, १५ चैत । वैकल्पिक राजनीतिक शक्तिका रुपमा देखा परेको विवकेशील साझा पार्टीको नुवाकोट भेला सम्पन्न भएको छ ।

शुक्रवार सदरमुकाममा आयोजित कार्यक्रममा पार्टीको एकीकरण भेला सम्पन्न भएको हो । सो भेलाले दामोदर नेपाललाई संयोजक र कमान तामाङलाई  सहसंयोजक तोकेको छ ।
कमिटिमा पुर्णमान कुमार श्रेष्ठ ,राम कृष्ण रिमाल गौरव ,पुर्णलाल श्रेष्ठ ,पवित्रा ओझा ,कृष्ण ब खड्का ,पार्वती थापा ,बुद्धि बहादुर तामाङ ,महेश अधिकारी ,राजमान तामाङ ,बिष्णु गिरी,श्रीधर न्यौपाने ,रुपक कुमाल र प्रवीण थापा सदस्य रहेका छन् ।

जिल्ला कमिटि बनाएसँगै अब जिल्लाका सबै स्थानीय तह र वडाहरुमा समेत संगठन विस्तारको काम थाल्ने पार्टीका जिल्ला सहसंयोजक तामाङले तारकेश्वर अनलाईनलाई बताए । उनले पारदर्शी, सुसंस्कृत र कल्याणकारी राजनीतिमा लाग्न चाहानेलाई पार्टीकाे संगठनमा जाेडिन आह्वान पनि गरेका छन् ।

१५ चैत्र २०७७, आईतवार