होमस्टे प्रबर्द्धन गर्न टाेखाको उपप्रमुख सहितको टोलीले गरे सिरुबारी होमस्टेको अध्ययन भ्रमण।
हरि भेटुवाल स्याङ्जा चैत१६ काठमाडौको टाेखा नगरपालिकाको वडा न १ झोरमा होमस्टे प्रबदन गर्ने टोखा नगरपालिका उपप्रमुख ज्ञानमाया डङ्गोल र शिवपुरी बौडेश्वर सामुदायिक होमस्टे तथा पर्यटन व्यवस्थापन समितिको टोलीले नेपाल को पहिलो पर्यटन गाउँ स्याङ्जा जिल्ला को सिरुबारिको होमस्टे अध्ययन अवलोकन गरेको छ। टोखा नगरपालिका र नेपाल पर्यटन बाेर्ड भृकुटीमण्डपको विशेष सहयोगमा संचालन भएको ७ दिने तालिम अन्तरगत स्थलगत होमस्टेको अध्ययन अवलोकन भ्रमण गर्न शिवपुरी बौडेश्वर सामुदायिक होमस्टे तथा पर्यटन व्यवस्थापन समितिले नवलपरासीको अमलटारि होमस्टे र स्याङ्जाको सिरुबारी होमस्टेको भ्रमण गरेको हो । टाेखा नगरपालिका उप-प्रमुख ज्ञानमाया डंगोल , टाेखा नगरपालिका योजना अधिकृत बासुदेव भेटुवाल,सूचना अधिकृत वसन्त पाठक, नेपाल पर्यटन बाेर्डका प्रतिनिधि अधिकृत जानकी उपाध्याय र प्रज्ञा घिमिरे टाेखा नगरपालिकाका विभिन्न वडा बाट २७ जना होमस्टे प्रवदन गर्ने तालिममा सहभागी टोली रहेका थिए।
उपप्रमुख डङ्गोलले टाेखामा हाेमस्टे प्रबर्द्धन गरि टाेखामा धेरै प्राकृतिक र सांस्कृतिक सम्पदाहरु रहेकोले यस्ले टाेखा नगरपालिका भित्र पर्यटन प्रबर्द्धन गर्न योजना को साथ आफू अघि बढने बताइन् शिवपुरी बौडेश्वर सामुदायिक होमस्टे तथा पर्यटन व्यवस्थापन समितिका अध्यक्ष, रामकुमार अधिकारीले अमलटारि होमस्टे र सिरुबारि होमस्टेको अध्ययन अवलोकन भ्रमणले हाेमस्टे संचालन गरि झोरमा पर्यटन प्रबर्द्धन गरि अघि बढ्न सहज हुने बताए ।
१६ चैत्र २०७७, सोमबार