नुवाकोट लिखुको चर्चित केउरेनी चौतरा डढेलोले खायो

नुवाकोट १० , वैशाख । नुवाकोटको लिखु गाउँपालिकाको वडा नं २ मा पर्ने चर्चित केउरेनी चौतरा डढेलोले एउटा मुढामा परिणत भएको छ ।

केउरेनी चौतरा लिखु गाउँपालिका र विदुर नगरपालिकाको सिमानाको रुपमा रहेको थियो ।

नुवाकोटको भैरबी माध्यमिक विद्यालय तथा नुवाकोट दरबार जाने र बिदुर ,नुवाकोट ,फलाटे,चोकदे ,लच्याङ हुदै उर्लेनी जाने मोटर बाटोमा पर्ने केउरेनी चौतरा अहिले एउटा कालो मुढोको अवस्थामा रहेको छ ।

पुरानो इतिहास बोकेको चौतारा यस्तो अवस्थामा देखेर स्थानीयले दुस्ख व्यक्त गरेका छन् । ठुलो आकर्षक र चर्चित चौतारामा दैनिक सयौँको संख्यामा मानिसहरू आराम गर्ने बस्ने गरेको स्थानीय बृद्धहरु बताउँछन् ।


यस चौतरा नुवाकोटको मुख्य ब्यापारीक केन्द्र त्रिशुली हिडेर जाँदा आउँदा थकाइ मार्ने खाजा खाने चौतारीको रुपमा रहेको थियो । नुवाकोटको केउरेनी वनमा लागेको डढेलो चौतारा सम्म पुगेर हरियो चौतारा एउटा कालो ठुटोमा परिणत हुन पुगेको समाजसेवी तथा नेता सुुुुुुुुुबास तामाङले तारकेश्वर अनलाईनलाई जानकारी दिए ।

उक्त स्थानमा अर्को चौतारा रोपेर यस ठाउँको एतिहासिक महत्वलाई निरन्तर दिनुपर्ने तामाङले बताए।

 

१० बैशाख २०७८, शुक्रबार