तारकेश्वरमा कोरोना बिरुद्ध जनचेतना मुलक कार्यक्रम गर्दै सामुदायिक सेवा केन्द्र

तारकेश्वर वैशाख ,१३ । सामुदायिक सेवा केन्द्र तारकेश्वरले कोरना विरुद्ध जनचेतना कार्यक्रम गरिरहेको छ।
सामुदायिक सेवा केन्द्र तारकेश्वरका सचिव पार्वती थापाले जानकारी दिए अनुसार महानगरीय प्रहरी वृत बालाजु ट्राफिक प्रहरी सामुदायिक सेवा केन्द्र ले तारकेश्वर नगरपालिका विभिन्न वडाहरुमा कोभिड १९ कोरना भाईरस सम्बन्धि जनचेतनामूलक कार्यक्रम गरेको छ।
जनचेतनामूलक कार्यक्रम गर्दै आएको आज चारौ दिन भएको र तारकेश्वरको सबै वडामा कार्यक्रम रहेको पार्वती थापाले तारकेश्वर अनलाइनलाई जानकारी दिईन।