श्रमजीवी पत्रकारहरुको पेशागत सुरक्षामा महासंघले ध्यान दिन्छ : पत्रकार महासंघ नुवाकोट अध्यक्ष कपिलदेव खनाल

सत्य, तथ्य तथा घट्नाहरूमा अधारित भएर सञ्चार माध्यमबाट आम नागरिकलाई जनकारी गराउनु नै पत्रकारिता हो ।
बिश्वमा घटेका हरेक घट्नाको जनकारी र विवरण तुरुन्तै बिश्वको हरेक कुनामा पुर्याउने माध्यम पत्रकारिता नै हो ।
आज मे ३ अर्थात् सन् १९९३ मा नामिवियाको विण्डहकमा एउटा सम्मेलनमा वरिष्ठ पत्रकार, पत्रकारिताका प्राध्यापकहरूको सम्मेलनले प्रेस तथा अभिव्यक्ति स्वन्त्रताको पक्षमा घोषणपत्र जारी दिन हो ।
आजको दिन मे ३ लाई विश्व प्रेस स्वतन्त्रता दिवसका रुपमा मनाउने गरिएको छ । ‘सार्वजनिक सम्पत्तिका रूपमा सुचना’ भन्ने मुल नाराका साथ विश्वभर विश्व प्रेस स्वतन्त्रता दिवस मनाइएको छ ।
विश्वभर छरिएर रहेका प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा योगदान पुर्याउने सम्पुर्ण पत्रकारहरुलाई विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा पत्रकार महासंघ जिल्ला शाखा नुवाकोट हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछ ।
नेपालमा पछिल्लो समय पत्रकारको स्वतन्त्रता माथि राजनितिक हस्ताक्षेप बढेको देखिन्छ । यसबाट पत्रकारहरु आफ्नो काममा सन्तुष्ट हुन सकेका छैनन् ।
साथै विश्वव्यापी रूपमा फैलिरहेको कोरोना भाइरस कोभिड-१९ को महामारीले पत्रकारहरू यतिबेला स्वास्थ्य चुनौतिसँग जुधिरहेका छन् । कोरोनाको संक्रमणका बिचमा पत्रकारिता कर्मलाई निरन्तरता दिनुपर्ने अबस्था एकातिर छ भने यही कोरोनालाई कारण देखाएर सञ्चारगृहबाट पत्रकारलाई विस्थापित गराउने क्रियाकलाप पनि बढेको देखिन्छ।
नुवाकोटको सन्दर्भमा हेर्ने हो भने यस वर्ष पत्रकारहरुको पेशागत सुरक्षालाई मध्यनजर गर्दै नेपाल पत्रकार महासंघ नुवाकोट अघि बढिरहेको छ ।
नुवाकोटमा रहेर पत्रकारिता गर्ने पत्रकारहरुको पेशागत सुरक्षालाई आत्मसाथ गरेर पत्रकारको पेसाको सुरक्षा प्रति नेपाल पत्रकार महासंघ जिल्ला शाखा नुवाकोट प्रतिवद्ध रहेको कुरा जानकारी गराउँदछु ।
कोरोनाको बहानामा सन्चारकर्मीहरुलाई निष्काशन गर्ने, सेवासुविधा कटौती गर्ने, सन्चारकर्मीको स्वास्थ्यमा ध्यान नदिने संचार संस्थाहरुलाई कारवाही गरिनुपर्दछ ।
नेपाल पत्रकार महासंघ नुवाकोट पेशागत पत्रकारहरुको भौतिक सुरक्षाको प्रत्याभूति गराउँदछ।
नेपालमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा धेरै सुधार ल्याउनुपर्ने देखिन्छ ।
प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा निर्भिकतापूर्वक उभिई पत्रकारिताको माध्यमबाट राष्ट्र र समाजको हितमा काम गर्न पत्रकार महासंघ नुवाकोट अनुरोध गर्दै विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा सबैमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।
(विश्व प्रेस स्वतन्त्रता दिवस, मे ३ सन् २०२१ को अवसरमा नेपाल पत्रकार महासंघ जिल्ला शाखा नुवाकोटका अध्यक्ष कपिलदेव खनालले दिनुभएको शुभकामना सन्देश)
२० बैशाख २०७८, सोमबार