नुवाकोटका सिडिओ दुलालले गरे निषेधाज्ञाको अनुगमन, निषेधाज्ञाको पालना गर्न आग्रह

नुवाकोट २१, वैशाख । कोरोना भाइरस (कोभिड–१९) संक्रमण र मृत्यु दर बढ्दै जाँदा देशभर निषेधाज्ञा गरेसँगै नुवाकोटमा आज बाट एक साताको लागि निषेधाज्ञा जारी गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय नुवाकोटका अनुसार अत्यावश्यक बाहेकका सबै सेवा र आवतजावत बन्द गरिएको उल्लेख छ ।

निषेधाज्ञाको पहिलो दिन आज नुवाकोटमा निषेधाज्ञाको कुनै प्रभाव भने परेको देखिँदैन। अत्यावश्यक बाहेकका सवारीसाधनहरु सन्चालन नहुने बताइएको भएतापनि त्यसमा कडाइ गरिएको छैन ।

नुवाकोटमा जारी निषेधाज्ञालाई थप कडा बनाउन प्रमुख जिल्ला अधिकारी जिवन प्रसाद दुलाल स्वयंले बजार क्षेत्र अनुगमन गरिरहेका छन् ।

देशव्यापी रूपमा फैलिरहेको कोरोना भाइरस कोभिड-१९ को महामारीबाट जोगिन सामाजिक दुरि कायम गर्नुको विकल्प नरहेको भन्दै निषेधाज्ञाको पालना गर्न नुवाकोटका प्रमुख जिल्ला अधिकारी जिवन प्रसाद दुलालले बताएका छन् ।

तारकेश्वर अनलाईन सँगको कुराकानीमा प्रजिअ दुलालले आज पहिलो दिन निषेधाज्ञा केहि लचिलो भएपनि यसलाई कडाई गरिने बताए ।

“सङ्क्रमण तीव्र बन्दै गइरहेको अवस्थामा निषेधाज्ञा उल्लङ्घन हुने क्रम बढेमा आवश्यकता अनुसार थप कडाइ गर्नुपर्ने हुन्छ”: प्रजिअ दुलालले बताए।