नुवाकोटको पन्चकन्या गाउँपालिकाद्वारा मनिसहरुको जमघट हुने कार्यक्रम नगर्न आग्रह
नुवाकोट, ७ जेठ । नुवाकोटको पञ्चकन्या गाउँपालिकाले सामाजिक कार्यहरु र धार्मिक तथा सांस्कृतिक रुपमा हुने कुनै पनि भेलाजन्य गतिविधि नगर्न आग्रह गरेको छ ।
देशव्यापी रूपमा फैलिरहेको कोरोना भाइरस कोभिड १९ को संक्रमण नुवाकोटमा पनि समुदाय स्तरमा तिव्र रुपमा फैलिरहेको भन्दै नुवाकोटको पन्चकन्या गाउँपालिकाले गाउँपालिकाभित्रका नागरिकहरु जमघट हुने कुनै किसिमका सामाजिक कार्यहरु (विवाह, ब्रतबन्ध, सेवा सञ्चालन, कार्यक्रम सञ्चालन समारोह, पर्व जात्रा) लगायतका धार्मिक तथा सांस्कृतिक गतिविधिहरु नगर्न अनुरोध गरेको हो।
शुक्रबार एउटा सुचना प्रकाशित गर्दै गाउँपालिकाले सार्वजनिक स्थल, पार्टीपौवा, चौताराहरुमा अनावश्यक रुपमा जमघट तथा भेला हुने कार्य पूर्णरुपमा बन्द गर्न अनुरोध गरेको छ ।
गाउँपालिकाद्वारा जारी सूचना