वर्तमानमा मेरो देश (कविता)
शिर्षक: वर्तमानमा मेरो देश (कविता)
नाम: अस्मिता ढकाल
सल्किदै छ महामारी आगै दनकिए सरि
रुदैँ छ देश टिलपिल आँसु छ आँखा भरि।।
हावाकाे वेगमा दाैडियाे राेग जनता काेठा भित्र
आँखा अगाडि नै बिदा हुदैँ छन् साथि सङ्गि मित्र।।
देश ढकमकाउदैँ छ आज छैनन् काेहि खुसि
राष्टवादि भनाैँदाहरु बसेका छन् लुकि।।
नेपाली आमा रुदैँ छिन् आज अनगिन्ति आँसु झर्याे
त्यसै माथि मेराे देश राजनितिक चपेटामा पर्याे ।।
चुनाव आउँछ गफै दिन्छन् सबै म म गर्छन्
चुनाव जित्याे छैन वास्ता आफ्नै ढुकुटी भर्छन्।।
एउटै कुर्सी तानातान ,किन मरिहत्ते गर्छौ
तिमी कुन दिन त्यहि कुर्सिले थिचिएर मर्छाै।।
औषधि किन्ने पैसा छैन चुनावमा खर्च गर्छौ
बाँच्न सुखले पाऊलाउ तर किरा परि मर्छाै।।
नेता मात्र हाेइन जनता बराबरिमा पर्छन्
झुक्छ शिर पैसाकाे अगाडि चाकरी सुरु गर्छन्।।
संसद भवन चर्किदैँ छ सुन्छाैँ दिन दिन
देशकाे अस्मिता नष्ट गर्न लागि पर्छाै किन ?
दाैडिन्छाै भने नेताकाे पछाडि देश साँच्चै डुब्छ
काँचुलि फेरदैन देशले अब ढुङ्गे युगमा पुग्छ।।
आफू पन्छिएर अरुलाई दाेष लगाउन छाेड
विकासकाे सिँडि तिर तिमी आफ्नाे पाइला माेड।।
जलाऊ पार्टीकाे निसानि राष्ट्रिय झण्डा बाेक
भष्टचार र बलत्कार जस्ता काम राेक।।
सयौं थुङ्गा फुलका हामी बसाैँ माला गाँसि
समृद नेपाल पूरा हुन्छ बस्नेछाैँ हाँसि हाँसि
समृद्ध नेपाल पूरा हुन्छ बस्नेछाैँ हाँसि हाँसि।।



