मनमा श्रद्धाको उत्पत्ति कसरी हुन्छ ?

अनुवाद : हरि तिमल्सिना (एच.आर तिमल्सिना)

           मनमा श्रद्धाको उत्पत्ति कसरी हुन्छ ?

एकदिन ओसोलाई उनको भक्तले प्रश्न गरेछन्, प्रभु नास्तिक र आस्थिक बिचमा के अन्तर छ ? एउटा नास्तिकको मनमा श्रद्धा कसरी उत्पन्न हुन्छ ?
ओसो मुस्काउदै उत्तर  दिनुहुन्छ :

जो ब्यक्ति नास्तिक छ उसको लागि आस्तिकको भन्दा परमात्मा भेट्टाउन ज्यादा सहज छ, किनकि आस्थिकहरु झुटबाट सुरुवात गरिरहेका छन्। भगवानको बारेमा केही थाहा छैन तर भगवानलाई स्विकार गर्छन। यहीँबाट झुटको सुरुवात हुन्छ, जब कुनै ब्यक्तिले भगवान स्विकारी सक्यो भने भगवानको बारेमा उसले खोज किन गर्छ ।

‘खोज’ को अर्थ हुन्छ ‘अहिले केही थाह छैन’, ‘खोजी गर्न बाँकी छ’ जब उसले भगवानलाई स्विकारी सक्यो भने खोजको अन्त्य भैसक्यो। उसले खोजको गर्भपतन गर्यो, आस्थिकहरु झुटबाट सुरुवात गरिरहेका छन्, तेसैले दुनियाँ भर यतिका आस्थिक छन् तर उनिहरुमा धार्मिकता छैन । यो असलमा आस्थिकता होइन, जुनकुरा अरुले भनेको र सुनेको आधारमा विश्वास गरिन्छ त्यो आस्थिकता होइन, जुनकुरा अनुभवबाट प्राप्त हुन्छ त्यो नै असली आस्थिकता हो। तर अनुभवको लागि पहिलो शर्त हुन्छ, जबसम्म जान्न सकिदैन तबसम्म मान्न सकिदैन। र जान्न कठिन छ, मान्न सजिलो छ। कुनैपनि कुरा छ भनी मानिदिन हाम्रो केही खर्च हुँदैन, मानिदिनु उदारता हो। परिवारले, समाजले, सभ्यताले भन्छ तेसैले मानिदिन्छौ। नत सोच्छौं, नत बिचार नै गर्छौं, न ध्यान नै गर्छौं किनकि त्यो कुरा मानिदिन हामीले केही गुमाउन नै पर्दैन।

नास्तिकको अर्थ धर्म सँग घृणा गर्नु बुझिन्छ, तर धर्म सँग घृणा उसैलाई हुन्छ जसलाई असली धर्मको खोज हुन्छ। जसमा असली धर्मको खोज हुन्छ उ मन्दिर मस्दीज र चर्चमा गएर तृप्त हुँदैन। पण्डित पुरोहित, पुजारी वा कुनै पास्टरले उसको हृदय परिवर्तन गराउन सक्दैन। जस्लाई वास्तवमै तिर्खा लागेको हुन्छ उसले कुवाको खोजी गर्छ, पानीको तस्बिरले उसको तिर्खा मेटाउन सक्दैन। र हाम्रा शास्त्रहरुमा सिद्धान्त बाहेक अरु केही छैन, भगवानका तस्बिररु छन् र पण्डित र पुरोहितहरु सँग शब्द बाहेक अरु केहिपनि छैन, स्वयं उनिहरुको भगवान बारे कुनै अनुभव छैन।
धर्महरु सँग घृणा हुनु राम्रै मान्नुपर्छ, त्यो एउटा क्रान्तिको सुरुवात हो र जसले क्रान्ति गर्छ उ नै एकदिन पक्का धार्मिक बन्नसक्छ। जो सच्चा नास्तिक छ उ नै सच्चा आस्थिक बन्नसक्छ। नास्तिकको अर्थ नै हुन्छ कसरी मान्ने, महिले अहिलेसम्म देखेको छैन, सुनेको छैन कसरी मान्ने। झुटो कसरी मान्ने, नास्तिकतामा ठुलो इमानदारीता हुन्छ, मानिसमा यतिको इमानदारिता त हुनु पनि पर्छ, जसले थाह छैनलाई सहजै छैन भन्छ, छैनलाई थाह छ भन्नू त बेइमानी हो। जसले मुर्त रुपमा आफुलाई थाहछैन भन्छ उसले थाह छ पनि मुर्तरुपमै भन्नसक्थ्यो, तर पनि इमानदारीपूर्वक थाहा छैन भन्नसक्ने गुण केवल नास्तिकमा मात्रै हुन्छ। जसले भरपूर रुपमा शंका गरेकाछन् उनिहरु नै श्रदालु बन्नसक्छन्, तर हामीलाई त शंका छोड श्रद्धा गर्न सिक भनी सिकाइएको छ। हामीलाई गलत कुरा सिकाइएको छ,तर यदि शंका गर्न छाड्यौ भने त्यो श्रद्धा केवल लाचारी र नपुंसकताले भरिपुर्ण हुन्छ।

जति सकिन्छ शंका गर्नुपर्छ, जति सकिन्छ उति गर्नुपर्छ, अन्तिमसम्म गरौं र जब शंका गर्ने कुनै ठाउँ नै रहँदैन, जब मनबाट शंका उत्पन्न हुने ठाउँ रितिन्छ, फेरि शंका गर्नेको लागि शंका नै उत्पन्न हुँदैन, जब यसरी मनबाट नै शंका मर्छ तब जे बाँकी रहन्छ त्यो नै असलमा श्रद्धा हो। श्रद्धा शंकाको विपरीत अर्थ होइन, श्रद्धा त शंकाको अभाव हो । जो शंकाको मार्गमा हिड्छ उसैको मनमा श्रद्धा उत्पन्न हुन्छ।