“घमण्डि काे जीवन ” – राजन ढकाल

“घमण्डि काे जीवन “

भविष्यलाई बिर्सिएर
याे वर्तमानको जिन्दगीमा
काेहि पनि खित्का छाडेर नहाँसे हुन्छ
मानव जिनव केवल सावुनकाे फिँज हाे
सफा पानिकाे मात्रा वढेपछि फिँज अाफै हराउने छ ।।।

एकाथरिलाई ढलाएर
अर्कोथरिले विजय सम्झि
ठिङ नउभिय हुन्छ
जीवन त एक ढिस्काेमा अडिएकाे रूख हाे
त्याे पनि ढिस्काे बगर भएपछि अवस्य उत्तानो पर्नैपर्छ ।।।

भाेकाे पेटमा लात बजारेर
भ्याउते पेट नमुसारे हुन्छ
शरीर चिरा परेर एकदिन
त्यसकाे अान्द्वा भुँडी पनि लथालिङ्ग हुनेछन
जहाँ स्याल र गिद्वहरूलाई लगाएर ।।।

राजन ढकाल
नुवाकोट लिखु १ ढिकुरे