विवादास्पद अभिव्यक्ति फिर्ता लिन र आत्मालोचना गर्न वैद्यलाई कांग्रेसको निर्देशन (विज्ञप्ति सहित)

काठमाडौं, २९ जेठ । नेपाली कांग्रेसले वाग्मती प्रदेश सभा सदस्य नरोत्तम वैद्यले प्रदेश सभामा दिएको विवादास्पद अभिव्यक्ति फिर्ता लिन र आत्मालोचना गर्न निर्देशन दिएको छ ।

प्रदेश संसदीय दलको नेतृत्वमार्फत शुक्रवार बेलुकी पार्टीले गरेको निर्देशनलाई पालना गरेर अभिव्यक्तिमा संयम र सजगता राख्न सचेत समेत गराइएको छ । अभिव्यक्ति स्वतन्त्रता र अभिव्यक्तिमा अराजकता एउटै नभएको भन्दै नेपाली कांग्रेसले संसदमा संसदीय मर्यादाको पालना अनिवार्य पालनामा सचेत गराएको छ ।

हिंसाबाट शान्तिपूर्ण रुपान्तरणका लागि अरुलाई प्रेरित गर्दै संयोजन गरेको दलको कुनै पनि सदस्यबाट हिंसालाई प्रेरित गर्ने अभिव्यक्ति आउँदा त्यसलाई प्रतिरक्षा र ढाकछोप गर्ने पार्टीको नीति र संस्कृति नभएको कांग्रेसले प्रष्ट पारेको छ ।