तारकेश्वरको ३ स्थानबाट जोन्सन खोप लगाइदै

काठमाडौं साउन ४ तारकेश्वर नगरपालिकामा आजदेखि कोभिड–१९ विरूद्धको खोप जोन्सन एण्ड जोन्सन खोप लगाईने भएको छ । आजदेखि ३ दिनसम्म सञ्चालन हुने खोप कार्यक्रममा आज ५३ वर्षदेखि ५४ वर्ष उमेर समुहलाई लक्षित गरिएको छ । त्यस्तै पूर्ण र अति अशक्त अपाङ्गता भएका नागरिकहरु, नेपालमा बसोबास गरिरहेका शरणार्थीहरु र स्वास्थ्यकर्मी र सरसफाईकर्मीलाई खोप लगाइने तारकेश्वर नगर स्वास्थ्य शाखा प्रमुख बिनोद कुमानर शाहले तारकेश्वर अनलाइन जानकारी दिए।

साउन ५ गते ५१ वर्षदेखि ५२ वर्षसम्मकालागि खोप लगाइनेछ । पूर्ण र अति अशक्त अपाङ्गता भएका नागरिकहरु, स्वास्थ्यकर्मी र सरसफाईकर्मीलाई खोप लगाइनेछ ।

साउन ६ गते ५० वर्षभन्दा माथिका ५१ देखि ५४ सम्म छुट भएका सबैलाई लगाइनेछ । पूर्ण र अति अशक्त अपाङ्गता भएका नागरिकहरु, नेपालमा बसोबास गरिरहेका शरणार्थीहरु र स्वास्थ्यकर्मी र सरसफाईकर्मीलाई खोप लगाइनेछ ।

खोप लगाउन जाँदा अनिवार्य रुपमा नागरिकता वा परिचयपत्र खुल्ने आधिकारिक पत्र लिएर जानुपर्नेछ । खोप कानर्यक्रम बिहान १० बजेदेखि ४ बजेसम्म सञ्चालन हुनेछ । धखोप लगाउन मनमैजु स्वास्थ्य चौकी डाँडागाऊ, धर्मस्थली स्वास्थ्य चौकी र फुटुङ स्वास्थ्य चौकीबाट लगाउन सकिने व्यवस्था  गरेको छ ।