तारकेश्वरमा राष्ट्रिय युवा सघंले गठन गर्यो नगर तथा वडा कमिटी
काठमाडौ भदौ १४ नेकपा एमाले तारकेश्वर नगर कमिटीको आयोजनामा आज तारकेश्वरको वडा न ११ नेपालटारको कान्तिपुरि एबि पाटि प्यालेसमा राष्ट्रिय युवा सघ नेपालको नगर कमिटी तथा वडा कमिटी गठन तथा सपथ कार्यक्रम सम्पन्न भएको छ।
राष्ट्रिय युवा सघको तारकेश्वरमा ५५ सदस्यीय नगर कमिटी गठन गरेको छ।सयोजकमा सुमन महर्जन र सचिवमा सुरज कुमार भट्टराई रहेका छन। आज भएको कार्यक्रममा राष्ट्रिय युवा सघ नेपालका अध्यक्ष किरण पौडेल प्रमुख अतिथि रहेका थिए ।
विशिष्ट अतिथिमा बागमती प्रदेस सभा सदस्य तथा पुर्व भौतिक पुर्वाधार मन्त्री केशव स्थापित र तारकेश्वर नगरपालिकाका मेयर रामेश्वर बोहरा रहेका थिए।अतिथिहरुमा तारकेश्वरका विभिन्न वडाका जनप्रतिनिधिहरु नेकपा एमालेका विभिन्न तहका नेताहरू उपस्थिति रहेका थिए। 



