तारकेश्वरको तिनपिप्लेमा भुवनेश्वरी खैजेडी भजन मण्डलीको भयो उदघाटन

काठमाडौ भदौ २१ तारकेश्वर नगरपालिकाको वडा न ३ जितपुरको तिनपिप्लेमा भुवनेश्वरी भजन मण्डलीको आईतवार एक कार्यक्रमका विच प्रमुख अतिथि पुर्व सहरी विकास राज्य मन्त्री तथा काठमाडौ क्षेत्र न ७ को सासंद रामविर मान्नधरले उदघाटन गरे ।उहले कार्यक्रममा बोल्दै धर्म सस्कृतिको सरक्षण गर्नु पर्ने बताए ।       कार्यक्रम काठमाडौ क्षेत्र न ७ का प्रदेस सासद प्रकाश श्रेष्ठले धर्म सस्कृतिको सरक्षण गर्न आफू लागिरहेको बताए ।कार्यक्रममा तारकेश्वर नगरपालिका मेयर रामेश्वर बोहराले तारकेश्वरमा विकासका लागि सबै क्षेत्रलाई प्राथामिकता मा राखेर काम गर्दै अघि बढिरहेको र जनप्रतिनिधि निर्वाचित भएर आए देखि कृषि पर्यटन शिक्षा स्वास्थ्य भौतिक पुर्वाधार सास्कृतिक लगाएतका विकासका कामहरु भईरहेको बताए ।  उपमेयर भवानी डोटेल धितालले सस्कृति र भजनको संरक्षणले तारकेश्वको पर्यटन प्रवदनमा टेवा पुग्ने बताए । तारेश्वर वडा न ३ का अध्यक्ष मनहरी तिवारीले वडाको विकासका लागि सबै क्षेत्रलाई समेटेर अघि बढेको र ३ न वडा धार्मिक एव पर्यटनको लागि राम्रो वडा भएको यहाँ तारकेश्वर मन्दिर भुवनेश्वरी मन्दिर पाचमाने यहीँ वडामा भएकोबताए ।  कार्यक्रममा अतिथि तारकेश्वर नगरपालिका प्रमुख प्रशासकिय अधिकृत शिव प्रसाद लम्साल ,मनमैजु सास्कृतिक सघका सस्थापक अध्यक्ष धुर्वराज खडका रहेका थिए।   कार्यक्रममा प्रदेस सासद प्रकाश श्रेष्ठले रु चालीस हजारको चेक भुवनेश्वरी भजन मण्डलीका अध्यक्ष गिरिराज अर्याललाई दिएका थिए। कार्यक्रममा स्थानीयबासि समाजसेवी लगाएतको उपस्थिति रहेको थियो ।