तारकेश्वरमा प्याब्सन र एन प्याब्सनले गरे विधालय सञ्चालन सम्बन्धि अन्तरक्रिया कार्यक्रम

काठमाडौ भदौ २२ काठमाडौ जिल्लाको तारकेश्वर नगरपालिकामा यहीँ भदौ २७ गते विधालय सञ्चालन गर्ने सम्बन्धमा तारकेश्वरका सस्थागत विधालयका सगंठनहरु प्याब्सन एन प्याब्सनले आज तारकेश्वरका नगर प्रमुख रामेश्वर बोहराको प्रमुख अतिथिमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेका छन।     कार्यक्रममा नगर प्रमुख रामेश्वर बोहराले शैक्षिक क्षेत्रमा कोभिडले ठुलो असर गरेको र नगरपालिका भित्र विधालय सञ्चालन गर्ने स्वास्थ्य सम्बन्धि मापदण्ड पूरा गरे सञ्चालन गर्ने आग्रह गरे । तारकेश्वरका प्रमुख प्रशासकिय अधिकृत शिव प्रसाद लम्सालले शिक्षा क्षेत्र महत्त्वपूर्ण क्षेत्र हो विधालय सञ्चालन गर्दा स्वास्थ्य मापदण्ड अपनायर राम्रो सग गर्नुपर्ने बताए ।    तारकेश्वरका शिक्षा शाखा प्रमुख होमनाथ न्यौपानेले विधालयहरु सञ्चालन गरिरहेको अवस्थामा अभिभावकलाई विधार्थि विधालय पठाउन जवरजस्ति गर्ने नहुने र भौतिक रुपमा विधालय विधार्थी नआउनेलाई भर्चुअल पठनपाठन गरदा पनि हुने र तारकेश्वरले स्थानीय पाठयक्रम सबै विधालयमा पठनपाठन गराउनु पर्ने र नगरपालिकाले सस्थागत र सामुदायिक विधालय भनेर कहिले भेदभाव नगरेको बताए । तारकेश्वर नगर स्वास्थ्य शाखाका प्रमुख विनोद कुमार शाहले अहिले को मौसम परिवर्तन हुने समयमा मानिसको स्वास्थ्य समस्या देखा पर्ने र अहिले कोराेना नियन्त्रणमा नगरपालिका लागिरहेकाे बताए ।        तारकेश्वर नगर शिक्षा समिति का सदस्य लोकेन्द्र बहादुर खड्काले कोरोनाले गर्दा विधालय सञ्चालकहरुलाई समस्या परेको बताए र नगरपालिकाले सकेको सहयोग गर्नु पर्ने बताए ।नगर शिक्षा समितिका सदस्य श्याम कृष्ण बिष्टले नगर भित्र विधालय सञ्चालन गर्दा स्वास्थ मापदण्ड मा विशेष ध्यान दिनुपर्ने बताए ।कार्यक्रममा एन प्याब्सन बागमती प्रदेस सदस्य बासुदेव भट्टले विधालय सञ्चालन गर्दा स्वास्थ्य सुरक्षाको मापदण्डअनुसार गर्नेु पर्ने र अहिले अनलाइन शिक्षाले पनि शारीरिक र मानसिक दुष्प्रभावहरु परेको र यसको निराकरणको लागि विधालय सञ्चालन राम्रो भएको बताए । प्याब्सन तारकेश्वर का अध्यक्ष धन बहादुर पुनंले कोभिडका कारण सस्थागत विधालयको पठनपाठनमा समस्या परेको बताए ।                                                                                            प्याब्सका काठमाडौ जिल्ला पुर्व अध्यक्ष दिपक गुरुङले विधालय सञ्चालन गर्दा सजक भएर स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने बताए । कार्यक्रममा तारकेश्वका सस्थागत विधालय सञ्चालकहरुले विधालय सञ्चालन गर्दा आउने समस्या र निराकरण गर्ने सम्बन्धमा अन्तरकिर्या छलफल गरेका थिए।                                                                                                                           तारकेश्वर नगरपालिकामा सस्थागत विधालय ४५ एन प्याब्सनको १५ ओटा सामुदायिक विधालय २२ ओटा सञ्चालनमा रहेका छन। कार्यक्रममा तारकेश्वरका नगर एन प्याब्सनका अध्यक्ष गोविन्द भट्टले स्वागत मनतब्य राखेका थिए । कार्यक्रम सञ्चालन  प्याब्सन तारकेश्वर नगर कमिटीका सचिव नवराज न्यौपानेले गरेका थिए।कार्यक्रममा धन्यवाद मनतब्य तारकेश्वर नगर प्याब्सनका सल्लाहकार शिव अर्यालले राखेका थिए।

२२ भाद्र २०७८, मंगलवार