नेकपा एकीकृत समाजवादीले तारकेश्वरको वडा न३मा गर्यो वडा कमिटी गठन
काठमाडौं असोज ३ नेपाल कम्युनिस्ट पाटि एकीकृत समाजवादीले तारकेश्वर नगरपालिका वडा नं. ३ को तिनपिप्लेमा वडा कमिटि विस्तार तथा सपथग्रहण कार्यक्रम शनिबार सम्पन्न गरेको छ । पार्टी केन्द्रीय समिति सदस्य तथा काठमाडौं जिल्ला अध्यक्ष बसन्त मानन्धरको प्रमुख आथित्यमा कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा प्रदेश सभा सदस्य विष्णु प्रसाद अर्याल, तारकेश्वर नगर कमिटि अध्यक्ष लवकुमार बस्नेत र सामुदायिक सेवा केन्द्र तारकेश्वरका प्रमुख रामेश्वर देवकोटा, तारकेश्वर ३ का वडा सदस्य, जिल्ला कमिछि सचिवालय सदस्य तथा युवा इन्चार्ज हरिशरण घिमिरे, उद्धव तिमिल्सिना, राजेन्द्र भण्डारी, हरि प्रसाद दाहाल, दामोदर अर्याल, शिवहरि देवकोटा नगर कमिटि सचिव, ऋषिराम अधिकारी लगायत अतिथिहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको छ ।
शनिबार तिनपिप्लेको महिला सहकारी भवनमा भएको कार्यक्रममा विजय देवकोटाको नेतृत्वमा ४३ सदस्यीय वडा कमिटि विस्तार भएको छ ।
कार्यक्रममा वडा सदस्य तथा युवा इन्चार्ज हरिशरण घिमिरे र नगर कमिटि अध्यक्ष लवकुमार बसनेतले नयाँ कमिटिलाई बधाई तथा सफलताको शुभकामना दिनुभएको थियो । बस्नेतले ओलीका दक्षिणपन्थका विरूद्ध विद्रोह गर्नुपरेको बताउनुभएको छ । कम्युनिस्ट आचरण त्यागेर भ्रष्टहरूको नेता मात्र बनेका कारण आफुहरुले वास्तविक कम्युनिस्ट पार्टी निर्माण गरेको हुँदा तारकेश्वरका सबै क्रान्तिकारी साथीहरु नेकपा एकीकृतमा समाहित हुन आग्रह गरेका छन् । एमाले पार्टी भ्रष्टीकरण बन्दै गएको र सिद्धान्त र विचारविहिन भएकाले आफुहरुले कम्युनिस्ट आन्दोलन जोगाइन ओलीबाट विद्रोह गरेको बताएका छन् ।
त्यस्तै कार्यक्रमका प्रमुख अतिथि तथा पार्टी केन्द्रीय सदस्य बसन्त मानन्धरले क्रान्तिकारी आन्दोलनको रक्षाका लागि एकीकृत समाजवादी गठन गरेको बताउनुभयो । नेपालमा अब स–साना छरिएर रहेका कम्युनिस्ट पार्टीहरुलाई एकतावद्ध गरेर ठूलो कम्युनिस्ट पार्टी निर्माण गर्ने बताउनुभयो । पार्टीको नाम र चुनाव चिन्ह कुनै ठूलो कुरा नभएको बताउनुभयो । केपी ओलीका फाँसीवादका विरूद्ध आफुहरुले कम्युनिस्ट पार्टीको झण्डा उचालेको बताउनुभयो ।
ओलीका कारण नेकपाको सरकार ढाल्न बाध्य भएको बताउनुभयो । ओलीले संविधान र लोकतन्त्रमाथि नै धावा बोलेपछि आफुहरुले ओलीका दम्भका विरूद्ध सङ्घर्ष गरेको बताउनुभयो । ओलीले भ्रष्टहरूलाई कारवाही गर्छु भनेर काँखी च्याप्ने काम मात्र गरेको हुँदा जनताबाट एमाले नांगिदै गएको बताउनुभयो । आगामी निर्वाचनमा स–साना कम्युनिस्ट पार्टी र लोकतान्त्रिक शक्तिबीच सहकार्य गरेर जाने बताउनुभयो ।
नवगठित कार्यसमिति सदस्यहरु :
अध्यक्ष : विजय देवकोटा
उपाध्यक्ष : निर्मला घिमिरे
सचिव : रामराजा घिमिरे
सहसचिव : स्वस्तिका घिमिरे
कोषाध्यक्ष : मणिराज फुयाँल
सदस्यहरुमा
रविन्द्र मानन्धर, सिता मानन्धर, विद्या मानन्धर, अरुण घिमिरे, जयराम घिमिरे, सुरज अर्याल, निशान फुयाँल, रिता फुयाँल, सुदशृन फुयाँल, श्यामकृष्ण अर्याल, स्वस्तिका घिमिरे, ठाकुर प्रसाद लामिछाने, सरोज लामिछाने, रामशरण लामिछाने, सन्तोष तामाङ, जयराम बलामी, अर्जुन बलामी, कुमार नेपाल, विश्वराज घिमिरे, बासुदेव ढकाल, अमन देवकोटा, नवराज देवकोटा, श्याम कुमार घिमिरे, दिपक अर्याल, सुदर्शन देवकोटा, बिमला लामिछाने, गणेश अर्याल, कुमार अर्याल, सुरेश लामा, सुजित थापा, किरण लामा, जनक अर्याल, रामकृष्ण अर्याल, सुरेन्द्र तामाङ, कपिल घिमिरे, राजेन्द्र अर्याल, गोकुल फुयाँल, राजा राम फुयाँलको टिम रहेको समाजवादी पाटिले जानकारी दिएको छ।



