टोखा वडा न ९ ले गर्यो वडा बासीहरुलाई कौसी खेती तालिम

काठमाडौ  असोज १८ टोखा नगरपालिका वडा न ९ ले वडा बासीहरुलाई कौसि खेती तालिम दिएको छ।तलिममा सहभागीहरुलाई कौसि खेती र मल रोग विषादी प्रयोग सम्बन्धि सिकाईने टोखा नगरपालिका कृषि शाखाकी प्रमुख सुमित्रा पाठकले बताईन।              कौसि खेती तालिममा वडा अध्यक्ष जोग प्रसाद नेपालले तालिममा सहभागीहरुलाई राम्रो सग तालिममा सिक्न आग्रह गरे । तालिम वडा बासिहरुलाई समूह समुह बनाई तालिम दिईरहेको छौ । वडाको यश वषको तालिमका लागि दस लाख बजेट रहेको वडा अध्यक्ष नेपालले जानकारी दिए।            तालिम कार्यक्रममा अतिथि टोखा नगरपालिका कृषि शाखाकि प्रमुख सुमित्रा पाठक वडा जनप्रतिनिधि रामभक्त घिमिरे उपस्थिति रहेका थिए । अहिले यो समुहमा तालिम लिने ३० जना सहभागी रहेका छन।