तारकेश्वरमा एमालेको ६ गते हुने वडा अधिवेशनको सबै तयारी पुरा
काठमाडौ कात्तिक ४ नेपाल कम्युनिस्ट पाटि एमालेको यहीँ कात्तिक ६ गते देसभर एक साथ वडा अधिवेशन हुन गईरहेकोछ। यसै क्रममा नेकपा एमाले तारकेश्वर नगरपालिकामा ६ गते हुने अधिवेशनको तयारी पुरा भएको जनाएको छ। नेकपा एमाले तारकेश्रर नगर कमिटी सचिव राजु तिमिल्सिनाले दिएको जानकारी अनुसार कात्तिक ६ गते विहान ११ बजे नगरको ११ वटै वडामा एक साथ वडा अधिवेशन हुने उक्त दिन एमाले अध्यक्ष केपि ओलिले भर्चुअल माध्यम बाट सम्बोधन गर्न कार्यक्रम रहेको छ।कात्तिक ९ गते स्थानीय तह गाउँपालिका नगरपालिका महानगरपालिका लगाएतमा एमालेको अधिवेशन हुने कार्यक्रम रहेको छ।



