नेकपा माओवादी केन्द्र तारकेश्वर वडा न १०को अध्यक्षमा राम प्रसाद पन्त

काठमाडौ  नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) तारकेश्वर नगरपालिका वडा नं १० को सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले राम प्रसाद पन्त को नेतृत्वमा २७ सदस्यीय वडा कमिटी निर्वाचित गरेको छ । 

समाजसेवी राम प्रसाद पन्त अध्यक्ष रहेको कमिटीमा रामचन्द्र पुडासैनी उपाध्यक्ष, विष्णु मरहठ्ठा सचिव,सहसचिव  टिकाराम खतिवडा  कोषाध्यक्ष शोभा भट्टराई  निर्वाचित भएका छन् । त्यतै कार्यालय सचिव को जिम्मेवारी रिजन न्यौपाने ले पाएका छन् । सम्मेलनले ईश्वरी प्रसाद घिमिरेको नेतृत्वमा ५ सदस्यीय वडा सल्लाहकार कमिटी पनि निर्वाचित गरेको छ । त्यस्तै १० नं वडा लाई ४ वटा टोलमा विभाजन गरेर सम्मेलनले गणेश नाथ गिरी , केशव दत्त दवाडी, टिकाराम खतिवडा र हरि अर्याल लाई संयोजक तोकेको छ ।

नेकपा (माओबादी केन्द्र) का केन्द्रीय सदस्य तथा काठमाण्डौ जिल्ला समन्वय अध्यक्ष हिमाल शर्मा प्रमुख अतिथि रहेको कार्यक्रमको अधयक्षता विनोद पौड्याल ले गरेका थिए । भुवनेश्वर देवकोटा निर्वाचन कमिटीको अध्यक्ष रहेको सम्मेलनमा निर्वाचित कमिटीलाई तारकेश्वर नगर कमिटी इन्चार्ज सानुभाई मालबुल ले सपथ खुवाएका थिए ।सम्मेलन कार्यक्रम सञ्चालन नूरा दवाडीले गरेकी थिइन् ।

४ मंसिर २०७८, शनिबार