स्वास्थ्य मन्त्री खतिवडाले गरे तारकेश्वरको कुञ्चिप्वाकल स्वास्थ्य चौकी भवनको उदघाटन तथा हस्तान्तरण

काठमाडौ १९ मङ्सिर । तारकेश्वर नगरपालिका वडा न १ कुञ्चिप्वाकलमा नवनिर्मित स्वास्थ्य चौकी भवनको स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले उदघाटन तथा नगरपालिकालाई हस्तान्तरण गर्नुभएको छ।                                       उक्त स्वास्थ्य चौकी भवन बुलन्द आवाज अभियानको राजन नेपाल को आव्हानमा निर्माण भएको हो ।उक्त भवन रु ६९,३२६२३ लागतमा निर्माण भएको हो । तारकेश्वर नगरपालिका बाट करिब पैतिस लाख बजेट दिईएको प्रमुख प्रशासकीय अधिकृत शिव लम्सालले जानकारी दिए।        उदघाटन कार्यक्रममा सम्बोधन गर्दै स्वास्थ्य मन्त्री खतिवडाले भने नेपालमा १६ हजार ठाउँमा कोभिड विरुद्धको खोप केन्द्र राखेर सबैलाई खोप लगाउन लागिरहेका छौ र , कोभिड विरुद्धको खोप अब सबै नागरिकले लगाउन पाईने र अब कोरनाको दुई डोज खोप लगाएकालाई पनि तेस्रो खोप आउने बताए।               तारकेश्वर नगरपालिकाका नगर प्रमुख रामेश्वर बोहराले साङला स्वास्थ्य चौकिलाई अब १५ बेडको हस्पिटल बनाउन लागिरहेको र स्वास्थ्य क्षेत्रमा काम गरिरहेकाे बताए ।              कार्यक्रममा अतिथिहरु तारकेश्ररका प्रमुख प्रशासकिय अधिकृत शिव लम्साल स्वास्थ्य शाखाका प्रमुख बिनोद कुमार शाह, तारकेश्वर वडा न १ का वडा अध्यक्ष विदुर सापकोटा वडा न २ का अध्यक्ष रविन्द्र केसि ,कलाकार सिते बा , पाण्डे सामाजिक अभियानता ज्ञानेन्द्र शाही ,सञ्चारकर्मिहरु लगाएतको उपस्थिति रहेको थियो ।कार्यक्रमको सभापति बुलन्द आवाजका अभियानता राजन नेपालले गरेका थिए।

१९ मंसिर २०७८, आईतवार