तारकेश्वर विकास समाजले गर्यो हाजिरी जवाफ प्रतिय‍ोगिता सम्पन्न

काठमाडौ । तारकेश्वर विकास समाजले शनिबार हाजिरी जवाफ प्रतियोगिता सम्पन्न गरेको छ।तारकेश्वर  वडा न १० को अजिमा पाटिप्यालेसमा भएको कार्यक्रममा तारकेश्वरका १७ ओटा विधालयले भाग लिएका थिए।           कार्यक्रम तारकेश्वर नगरपालिका उपमेयर भवानी डोटेल धितालको   प्रमुख अतिथिमा भएको थियो । अतिथि तथा सस्थाका सरंक्षक तारकेश्वर वडा न १० का वडा अध्यक्ष अमृत थापा रहेका थिए। हाजिरी जवाफ कार्यक्रममा प्रथम हिम रश्मि हाई स्कुल , दोस्रो कौशल हाई स्कुल , तेस्रो न्यू एरा एकेडेमी र सान्त्वना मा सिर्जना ज्ञानसागर स्कुल  भएको थियो । कार्यक्रममा बिजेता टिम लाई ट्रफी,मेडल , प्रमाण पत्र र नगद पुरस्कार बाट सम्मान गरीएको तारकेश्रर विकास समाजका सचिव केशव पौडेलले तारकेश्वर अनलाइनलाई जानकारी दिए।

११ पुष २०७८, आईतवार