तारकेश्वर वडा नं १०मा अनेमसंघ क्रान्तिकारी कमिटी गठन

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) तारकेश्वर नगरपालिका अन्तर्गत वडा नं १० मा अनेमसंघ (क्रान्तिकारी) को कमिटी गठन भएको छ । मनमैजु मालपोत चोकमा रहेको वडा पार्टी कार्यालयमा क सूर्य कुमारी देवकोटाको अध्यक्षता र बागमती प्रदेश सदस्य क बिना राना को प्रमुख आथित्यतामा कार्यक्रम सम्पन्न भएको हो । 

कार्यक्रमले क कृष्ण कुमारी न्यौपाने मरहठ्ठा को अध्यक्षतामा १३ सदस्सीय महिला कमिटी गठन गरेको छ । त्यस्तै उपाध्यक्ष मा सुमित्रा लोहनी र गीता प्याकुरेल, सचिवमा अन्जना अगस्ती कार्की, सहसचिव गंगा भट्टराई तथा कोषाध्यक्ष सरला न्यौपाने चयन भएको नेकपा (माओवादी केन्द्र) तारकेश्वर नगर समितिका कार्यालय सदस्य तथा १० नं वडा इन्चार्ज विनोद पौड्याल ले जनाकारी दिए ।

कार्यक्रम मा अझै पनि महिला दिदीबहिनीहरुको आफ्नो हकअधिकार सुरक्षित नभएको भन्दै महिला सहभागिताको लागि पार्टी भित्र र बाहिर दह्रोसँग संघर्ष गर्ने प्रमुख अतिथि बिना रानाले बताइन् । अधक्ष्य कृष्ण कुमारी न्यौपानेले आफू र आफ्नो टिम महिला अधिकारको लागि ज्यान फालेर लागिपर्ने र १० नं वडा मा महिला कमिटी सशक्त बनाएर लैजाने प्रतिवद्धता व्यक्त गरिन् । कार्यक्रममा काठमाण्डौ जिल्ला समन्वय समिति सल्लाहकार बृन्दा ढुंगाना, सदस्य अञ्जु माया श्रेष्ठ र तारकेश्वर नगर समिति सदस्य सुमित्रा बुढा लगायतको उपस्थिति थियो ।