तारकेश्वरकाे विधालयका विधार्थीलाई पुस २७गतेदेखि फाइजर खोप लगाइने
काठमाडौ । तारकेश्वर नगरपालिकामा रहेका सामुदायिक तथा सस्थागत विधालयमा अध्यनरत विधार्थी १२ देखि १७ वर्षको उमेर समुहको विधार्थीहरलाई कोरोना विरुदको फाइजर खोप पुस २७ गतेदेखि लगाईने भएको छ। तारकेश्वर नगरपालिकाको ११ ओटै वडामा रहेका सबै विधालयमा नै खोपकेन्द्र सञ्चालन गरिने छ। विधालयका विधार्थीहरुलाई खोप लगाउन ११ वटै वडाका स्वास्थ्य चौकीका ईन्चार्जलाई जिम्मेवारी दिएको नगर शिक्षा अधिकारी होमनाथ न्यौपानेले जानकारी दिए।