तारकेश्वरमा पहिलो दिनमै २९९५जना विधार्थीलाई लगाइयो फाइजर खोप

काठमाडौ । तारकेश्वर नगरपालिकामा रहेका सामुदायिक तथा सस्थागत विधालयहरुमा आजबाट तारकेश्वर नगर स्वास्थ्य शाखाले विधालयमै गई खोप केन्द्र सञ्चालन गरि १२ देखि १७ वष उमेर समुहका विधार्थीलाई कोरोना विरुद्धको फाईजर खोप लगाईएको छ।                       तारकेश्वर नगर शिक्षा अधिकारी होमनाथ न्यौपानेले तारकेश्वर अनलाइनलाई दिएको जानकारी अनुसार छात्रा १५४९ र छात्र १४४६ गरि २९९५ जना विधार्थीले खोप लाएको र आफुले विधालयहरुमा पुगेर अनुगमन गर्दा व्यवस्थित तरिकाले खोपकेन्द्र सञ्चालन भएको बताए । तारकेश्वर वडा न १० का वडा अध्यक्ष अमृत थापाले वडामा भएको विधालयको खोपकेन्द्र मा पुगेर अनुगमन गर्दै खोप कार्यक्रम व्यवस्थित तरिकाले चलेको बताए ।          विधालयमा खोप कार्यक्रम सञ्चालनले सहज भएको लालीगुराँस नेसनल एकेडेमीका प्रिन्सिपल गोपाल बुढाथोकीले बताए । तारकेश्वर नगरमा सामुदायिक विधालय २४ र सस्थागत विधालय ६६ र मन्टेश्वरी १८ ओटा विधालय सञ्चालनमा रहेकाछन।

२७ पुष २०७८, मंगलवार