ऐश्वर्यनगर सेवा समाजको साधारणसभा सम्पन्न- अध्यक्षमा रामचन्द्र खनाल

काठमाडौ । तारकेश्वर नगरपालिका वडा न १० मा  ऐश्वर्यनगर सेवा समाजको चौथौ र पा“चौ वार्षिक साधारणसभा  शनिवार सम्पन्न भएकोछ । समाजको अध्यक्षमा रामचन्द्र खनाललाई चयन गरेको छ। तारकेश्वर नगरपालिका भित्र छुट्टै पहिचान स्थापना गर्न सफल ऐश्वर्यनगर करिव २३८ घरधुरीको साझा संस्था रहेको छ । उपभोक्त समिति सदस्यहरुको दृष्टिकोणले यो नगर भित्रको सबैभान्दा ठुलो उपभोक्ता समितिको रुपमा परिचित छ ।
साधारणसभा समितिका निवर्तमान अध्यक्ष श्री सुर्य बहादुर गेलाङ मगरको सभापतित्व भएको थियो भने  कार्यक्रमको  प्रमुख अतिथि तवडा नं. १० का वडा अध्यक्ष अमृत थापाको उपस्थितिमा सम्पन्न भएको छ । कार्यक्रम संचालन समितिका सचिव श्री रामचन्द्र खनालबाट भएको थियो । सचिव श्री रामचन्द्र खनाले संस्थाको वार्षिक प्रतिवेदन पेश गर्दै आफूले प्रथम साधारणसभा मार्फत लिखितरुपमा ता.न.पा वडा नं. १० तथा तारकेश्वर नगरपालिकामा समाज विकासका योजनाहरु पेश गर्दै सम्पन्न भएका योजनामा सक्रिय सहयोग गरेकोमा तारकेश्वर नगरपालिका वडा नं. १० का वडा अध्यक्षको विशेष प्रशंसा गर्दै नगरपरिवारलाई पनि धन्यवाद व्यक्त गरेका थिए।
कार्यक्रममा  नागरिक   सचेतना समाज नेपालको तर्फबाट प्रा.डा.प्रदिपचन्द्र गौतमबाट समाजको स्थापना कालको स्मरण गराउ“दै शुभकामना सन्देश व्यक्त गर्नुभएको  थियो  ।

बन्दसत्रमा वार्षिक प्रतिवेदन तथा आय÷व्यय विवरण छलफल गरी पास गर्न निर्वामान सचिव रामचन्द्र खनालज्यूबाट प्रस्तुत भएको प्रस्ताव उपर सामान्य छलफल पछी सर्वसम्बतरुपमा पास गरीएको थियो । अधिवक्ता पुष्पराज उप्रेतीज्यूको संयोजकत्वमा ३ सदस्यि निवार्चन कमिटि गठन गरी सभाहलमा अध्यक्ष लगायत अन्य पदाधिकारी तथा सदस्यहरुमा नाम दर्ता गराउन समय उपलब्ध गराउनुभएको थियो । अध्यक्ष पदमा ७ जना प्रत्यासीहरुको नामावली दर्ता भएकोमा व्यापक छलफलबाट ६ जना प्रत्यासिहरुले आ–आफ्नो भनाई राख्दै निवर्तमान सचिव रामचन्द्र खनाललाई अध्यक्ष पदमा पूर्ण समर्थन रहेको घोषणा गर्नुभयो । बाकी कार्यसमिति सदस्यहरुमा आपासि समझदारीमा चयन गरी समितिलाई पूर्णता दिइएको रामचन्द्र खनालले जानकारी दिए ।

को हुन त  निर्बिरोध अध्यक्ष पदमा घोषणा हुन रामचन्द्र खनाल?
गोरखा, पालुङटार स्थायीघर भई हाल तारकेश्वर नगरपालिका वडा नं. १०मा क्रियाशिल युवा व्यवसायि तथा सामाजिक अभियान्ता ४१ वर्षिया खनाल नागरिक सचेतना समाज नेपालको महासचिव हुनुहुन्छ । विगत ५ वर्ष अगाडिदेखि ऐश्वर्यनगर सेवा समाजको सचिवको हैसियतमा काग गर्दै आउनुभएका उहा“ निकै सरल, मिलनसार, कर्मठ सामाजिक विकासका अभियान्ताकोरुपमा परिचित छन । त्यसै गरी तारकेश्वर नगरपालीकाको वडा नं. १०को बहुचर्तित लोकतान्त्रिक पार्क विकास तथा संरक्षण समितिका सचविपदमा रहेर पनि नेतृत्वदायी भूमिका खेल्दै नमूना पार्कको निमार्ण सम्पन्न गरीसक्नुभएका छन। उक्त लोकतान्त्रिक बहुउद्देश्यी पार्क भित्र चिल्ड्रेन पार्क, खुल्ला व्यायमशाला, जेष्ठनागरीक मिलन केन्द्र, पुस्ताकालय, मठममन्दिर आदि एउटै कम्पाउण्ड भित्र निर्माण गरीएको भव्य पार्क रहेको छ ।