प्याब्सन तारकेश्वरले शनिबार प्रथम अन्तर विधालय स्तरीय हिज्जे प्रतियोगिता गर्ने

काठमाडौ । प्याब्सन तारकेश्वर नगर कमिटीले वर्ष भरि आयोजना हुने कार्यक्रम मध्य भोलि शनिबार तारकेश्वर नगरमा आबद्व विधालयहरु विच विधार्थीको भाषिक क्षमता विकास गर्ने अभिप्रायले प्रथम अन्तर विधालय हिज्जे प्रतियोगिता गर्ने भएको छ।                    शुक्रबार तारकेश्वर वडा न १० मा अवस्थित लालीगुरास नेसनल एकेडेमीमा प्याब्सन तारकेश्वरले पत्रकार सम्मेल गरि दिएको जानकारी अनुसार उक्त प्रतियोगिता कक्षा ९ सम अध्यनरत विधार्थीहरु विच हुने जानकारी दिएको छ। प्रतियोगितामा २४ ओटा विधालयहरु सहभागी हुनेछन। कार्यक्रम तीन समुहमा विभाजन भई हुनेछ ।                       कार्यक्रममा साठी हजार खर्च हुनेछ । कार्यक्रममा सहभागी विधालयलाई द्ता शुल्क रु ३००० लाग्नेछ । कार्यक्रम आयोजना गरिएको स्कुलका विधार्थीहरु चाहिँ सहभागी हुन पाइनेछैन ।प्रतियोगितामा प्रथम दितिय तितिय र सान्तवना लाई प्रमाणपत्र र ट्रफि दिईने छ भने सहभागी सबै विधालयहरुलाई मायाको चिनो प्रदान गर्ने प्याब्सन तारकेश्वरले जानकारी दिएको छ।

२७ फाल्गुन २०७८, शुक्रबार