काङ्ग्रेसले तारकेश्वरको ४ वडामा गर्यो सर्बसम्मत उम्मेदवार सिफारिस
काठमाडौ । नेपाली कांग्रेसले आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचका लागि तारकेश्वर नगरपालिका वडा नं २ , ८, १० र ११ को वडा अध्यक्षका उम्मेद्वारको नाम सिफारिस गरेको छ ।
सोमबार बसेको कार्यसमितिको बैठकले वडा नं २ बाट राधाकृष्ण खड्गी, वडा नं ८ बाट श्याम कृष्ण सापकोटा, वडा नं. १० बाट कुमार राई तथा वडा नं ११ बाट कविराज बस्नेतको नाम सर्वसहमतिले सिफारिस गरेको हो । वडा अध्यक्षमा अन्य नेताहरुले पनि आकांक्षा राखेपनि अन्तिममा खड्की, सापकोटा, राई र बस्नेतको नाम सिफारिस भएको हो ।



