तारकेश्वरका नगर प्रमुख कृष्णहरि महर्जन र कुलमान घिसिङबिच भेटवार्ता

काठमाडौ । तारकेश्वर  नगरपालिकाका नगर प्रमुख कृण्णहरि महर्जन र नेपाल विधुत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङबिच भेटवार्ता भएको छ ।

तारकेश्वर नगरभित्र रहेका अब्यवस्थित विजुलीका तारहरूले जुनसुकै बेला ठुला दुर्घटना निम्त्याउन सक्ने र नगरको सौन्दर्यलाई समेत मध्यनजर राख्दै मुख्य सडक खण्डका विजुजीका तारहरुलाई महानगरमा जस्तै अन्डरग्राउण्ड गर्नुका साथै र अन्य केवल र इन्टरनेटका ताररुहरुलाई समेत ब्यबस्थित गरि मुख्य सडकका दायाँबायाँ बृक्षारोपण गरी नगरको सौन्दर्य बढाउनको लागि प्राधिकरणले सहयोग गरीदिनका लागि मेयर मर्हजनले आग्रह गरेका छन् । प्रधिकरणका तर्फबाट पनि सकारात्मक जवाफ आएको छ।

प्रधिकरणका निर्देशक कुलमान घिसिङ सामु नगर प्रमुखबाट ज्ञापनपत्र बुझाईको छ । स्वच्छ, सफा, सुन्दर र हरियालियुक्त्त नगर आजको आवश्यकता भन्ने मुल नाराअनुसार नै नगर प्रमुखले तार व्यवस्थापनको कार्य आगाडी बढाएका हुन् ।केही दिन अघि नगर प्रमुखले अब्यबस्थित जग्गा प्लटिङ गर्न रोक लगाएका छन्।