टोखामा पर्यटन प्रवद्वनका लागि मन्त्री श्रेष्ठसँग छलफल

काठमाडौ । सस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री माननीय जीवनराम श्रेष्ठ सँग टोखामा पर्यटकिय स्थलको प्रवदन र विकासका लागि टोखाको वडा न २ मा नेकपा एकीकृत समाजवादी टोखा नगर कमिटीका नेताहरुले छलफल गरेका छन।               नेकपा एकीकृत समाजवादी टोखा नगर कमिटी का अध्यक्ष जोग प्रसाद नेपालले भने टोखा नगरपालिकामा धेरै पर्यटकिय र सम्पदा स्थल हरु रहेको र तेसका भौतिक पुर्वाधार विकास गर्ने मन्त्री समक्ष आग्रह गरे। त्यस्तै नेकपा एकीकृत समाजवादी काठमाडौ जिल्ला कमिटी सचिवालय सदस्य लक्ष्मण विडारीले भने काठमाडौको उतरि भेगमा अवस्थित टोखा नगरपालिका २ को चण्डेश्वरी बौडेश्वर पदमार्ग र बौडेश्वरको प्रवदन र विकासका लागि सहयोग गर्ने मन्त्री समक्ष आग्रह गरे ।                                                                                                          छलफल पर्यटन मन्त्री जीवनराम श्रेष्ठले भने सम्पदा संरक्षण ,पर्यटन प्रवदन र विकासका लागि काम गर्ने बताए।छलफल कार्यक्रममा नेकपा एकीकृत समाजवादी टोखाका नगर अध्यक्ष जेपि नेपाल ,नेता सुसान्त डङगोल,अष्टमान डङगोल ,समसेर बहादुर गाईजु,किसोर वन्त ,लक्ष्मण विडारी रहेका थिए।