नुवाकोटमा अखिल नेपाल किसान महासंघले गर्यो चौथो बैठक सम्पन्न

काठमाडौ । अखिल नेपाल किसान महासंघ नुवाकोटको चौथो बैठक एवं दोस्रो भेला शनिबार विदुरमा सम्पन्न भएको छ । सीताराम थापाको अध्यक्षतामा बैठक एवं भेला सम्पन्न भएको हो । भेलाले बिषयगत जिल्ला घटक संघका १० जना संयोजक छनोट गरेको छ ।            तरकारी किसान संघको संयोजकमा ठाकुर प्रसाद भण्डारी, महिला किसान संघको संयोजकमा धनकुमारी रिजाल, अलैंची किसान संघको संयोजकमा लेखत ब केसी, फलफूल किसान संघको संयोजकमा लेख प्रसाद बोहरा, दुध उत्पादन किसान संघको संयोजकमा रामगोपाल सिलवाल, खाद्यबाली किसान संघको संयोजकमा रामप्रसाद अधिकारी, अालु उत्पादन किसान संघको संयोजकमा सहलेव राई, मौरी पालन किसान संघको संयोजकमा आशादेवी श्रेष्ठ, अदुवा बेसार उत्पादन किसान संघको संयोजकमा गीता अधिकारी र पशुपालन किसान संघको संयोजकमा सुनिता तामाङ चयन भएका छन् ।                                                                                                                   भेलाले ४ जना लाई कमिटीमा थप गरेको छ । सावित्री खरेल, डल्लीमाया तामाङ, आशादेवी श्रेष्ठ र सुनिता तामाङलाई थप गरी जिल्ला कमिटी ५७ जना पुर्‍याएको अध्यक्ष थापाले जानकारी दिएका छन् । कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) केन्द्रीय परिषद सदस्य एवं अखिल नेपाल किसान महासंघ केन्द्रीय सप्पादन समितिका सदस्य यमकुमार खातीले वर्तमान नेपाली क्रान्तिको चरित्र र समाजवादको कार्यदिशा एवं मार्गदर्शन सिद्धान्तका अाधारहरूको बारेमा प्रशिक्षण मुलुक मन्तव्य राखेका थिए ।