काँग्रेस काठमाण्डौं क्षेत्र नं ६ (ख) ले गर्यो उम्मेद्धवारको नाम सिफारीस

काठमाण्डौं । नेपाली काँग्रेस प्रदेशसभा क्षेत्रीय कार्यसमिति काठमाण्डौं ६ ख द्धारा मंसिर ४ मा हुने प्रदेशसभाको निर्वाचनका लागि प्रत्यक्षमा ३ र समानुपातीकमा २ उम्मेद्धवारको नाम सिफारीस गरेको छ ।
जस अनुसार प्रदेश सभाको प्रत्यक्ष तर्फ प्रदेशसभा क्षेत्रीय कार्यसमिति काठमाण्डौं ६ ख का सभापति बिष्णुभक्त तिमिल्सीना, नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि हरिहर अधिकारी र प्रदेशसभा क्षेत्रीय कार्यसमिति काठमाण्डौं ६ ख का सदस्य राजकुमार महर्जन डंगोलको नाम सिफारीस गरिएको छ ।
त्यस्तै समानुपातीक तर्फ नेपाली काँग्रेस क्षेत्र नं ६ का क्षेत्रीय सभापति श्यामकृष्ण खडगी र प्रदेशसभा क्षेत्रीय कार्यसमिति काठमाण्डौं ६ ख की सचिब सीता घिमिरेको नाम सिफारीस गरिएको छ ।
नेपाली काँग्रेसको विधानको धारा ३२ (७) क को व्यवस्था बमोजिम नेपाली काँग्रेस प्रदेश सभा क्षेत्रिय कार्यसमिति काठमाण्डौं ६ ख र यस क्षेत्र भित्रका महाधिवेशन प्रनिनिधिहरुको संयुक्त बैठकको निर्णय अनुसार बहुमतीय पद्धतिद्धारा उम्मेद्धवारहरुको नाम सिफारीस प्रदेशसभा क्षेत्रीय कार्यसमिति काठमाण्डौं ६ ख का सचिब हिरा महर्जनले बताए । सगरमाथापोष्ट बाट