तारकेश्वर वडा न ६को धर्मस्थली प्रवेशद्वार को भयो उदघाटन

काठमाडौ । तारकेश्वर नगरपालिका वडा नं६ जरकुबाट धर्मस्थली बजार जाने बाटोमा धर्मस्थली प्रवेश द्वारको आज उदघाटन भएको छ। तारकेश्वर नगरपालिका नगर प्रमुख कृष्णहरि महर्जन बाट रिवन काटेर उदघाटन भएको थियो ।              उदघाटन कार्यक्रममा पुर्व नगर प्रमुख रामेश्वर बोहरा ,उपमेयर सिर्जना बुर्लाकोटि , धर्मस्थली प्रवेश द्वार कमिटीको अध्यक्ष सानुबाबु बिंदुकार र वडा नं६ वडा अध्यक्ष श्री घनश्याम श्रेष्ठ , बिभिन्न पार्टीका प्रतिनिधि ,समाजसेवी,बुध्दिजीवि तथा वडाबासीहरूको उपस्थिति रहेको थियो  ।