तिहार नजिकिँदै गर्दा किसानलाई फूल बजार लैजानको हतारो
काठमाडौ ४ कात्तिक । तिहार नजिकिँदै गर्दा किसानलाई आफेनो बारीमा उत्पादन गरिएका फूल बिक्री गर्न बजार लैजाने चटारो परेको छ ।
बिहीवार काठमाडौंको नागार्जुन नगरपालिका वडा न ६ को फुलखेति हुने स्थान डाँडापोखरी ,रामकोट, इचंगु पुग्दा किसानहरु बारिमा फुल टिप्दै गरेका र घरमा जम्मा गरेर बजार लैजाने तयारी गर्दैथिए ।
नागार्जुन नगरपालिका वडा न ६ डाँडापोखरीका किसान कान्छा गिरिले विगत १२ वर्षदेखि फुलखेति गर्दै आएको र यो वर्ष तिहार चाँडो भएको र असोजमा धेरै पानी परेकोले फुल खेती राम्रो बताए । निरन्तरको वर्षाले फुल राम्रोसँग नफुल्दै बजार लैजानपर्दा सोचे अनुसारको मोल नपाएको गिरीको दखेसो छ ।



