तारकेश्वरमा नेकपा एमाले गर्यो प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौ। नेपाल कम्युनिस्ट पाटी एमाले तारकेश्वर नगर कमिटीले नगर स्तरीय प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ। शनिबार तारकेश्वर ११ नेपालटारमा भएको एमालेको मिसन ग्रासरुट अभियान कार्यक्रममा प्रमुख अतिथि नेकपा एमाले केन्द्रीय कमिटीका सचिव गोकर्ण विष्ट रहनु भएको थियो । नेता विष्टले तारकेश्वरका एमाले नेता कार्यकर्तालाई पाटिको बारेमा प्रशिक्षण दिनु भएको थियो ।