अनेरास्ववियु ग्रामीणले विधार्थीलाई खोप व्यवस्था गर्न वडा अध्यक्षलाई बुझायो ध्यानाकर्षण पत्र
काठमाडौ भदौ १७ अनेरास्ववियु ग्रामीण आदर्श बहुमुखी क्याम्पस कमिटीले यहिभाद्र ३० गते देखि हुने कक्षा १२ को परिक्षाको लागि क्याम्पसका सम्पूर्ण १२ पढ्ने विद्यार्थीका लागि क्याम्पसमै कोभिड विरुद्ध खोपको व्यवस्था गर्न तारकेश्वर नगरपालिका वडा नं. ११का वडा अध्यक्ष बिन्दा बुढाथोकी लाई आज वडा कार्यलय पुगि ध्यानाकर्षण पत्र बुझाएको छ।
ध्यानाकर्षण पत्र बुझदै वडा अध्यक्षले ३/४ दिन भित्रै क्याम्पस मै खोप उपलब्ध गराउने वचन व्यक्त गर्नु भएको अनेरास्ववियु ग्रामीण आदर्श बहुमुखी क्याम्पस कमिटीले तारकेश्वर अनलाइनलाई जानकारी दिएको छ। 



