विधार्थीको लागि ग्रामीण क्याम्पसमा लगाईयो कोभिडको खोप
काठमाडौ भदौ २१ तारकेश्वर नगरपालिकाको वडा न ११ नेपाटारमा आज ग्रामीण क्याम्पसमा कक्षा १२ को परिक्षा दिने विधार्थीहरुलाई तारकेश्वर नगर स्वास्थ्य शाखाले क्याम्पसमा नै खोप केन्द्र सञ्चालन गरि कोभिड विरुद्धको भेरोसेल खोप लगाएको छ। ग्रामीण आदर्श बहुमुखी क्याम्पसका ३०६ जनाले खोप लगाएको छ। केही दिन अगाडि अनेरास्ववियु ग्रामीण आदर्श क्याम्पस कमिटीले क्याम्पसमा विधार्थीहरुलाई खोप लगाउन पर्छ भनेर नगरपालिका को वडा न ११ का अध्यक्ष विन्दा बुढाथोकीलाई ध्यानाकर्षण पत्र बुझाएको थियो । अनेरास्ववियु ग्रामीण क्याम्पस कमिटीका अध्यक्ष बाबुराम कुवरले तारकेश्वर अनलाइन सग भने हामीले नगरपालिका सग पहल गरेर १२ का परिक्षा दिने विधार्थीहरुका लागि क्याम्पस मा खोप कार्यक्रम चलाएको र यसले विधार्थीहरुलाई सहज भएको बताए ।
२१ भाद्र २०७८, सोमबार



