तारकेश्वरमा नेपाली काङ्ग्रेसले १५गते शुभकामना आदानप्रदान कार्यक्रम गर्ने
काठमाडौ नेपाली काङ्ग्रेस तारकेश्वर नगर कार्यसमितिले यहीँ कात्तिक १५ गते शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गर्ने भएको छ। काङ्ग्रेसले दिपावली ,छठ, नेपाल सम्बतको अवसरमा कार्यक्रम गर्ने लागिएको हो ।
कार्यक्रममा प्रमुख अतिथि पुर्व महामन्त्री तथा पुर्व गृहमन्त्री कृष्णप्रसाद सिटौला रहेका छन भने विशेष अतिथि पुर्व रक्षामन्त्री तथा प्रतिनिधिसभा सांसद भिमसेनदास प्रधान रहेका छन।कार्यक्रम तारकेश्वर नगरपालिका वडा न ८ को टुसाल मल्टिभेन्यमा विहान ७:३० बजे हुने नेपाली काङ्ग्रेस तारकेश्वरका नगर सभापति कृष्ण हरि महर्जनले तारकेश्वर अनलाइन लाई जानकारी दिए।



