अपांगलाई उत्साह दिनुपर्छ नगर प्रमुख रामेश्वर बोहरा

काठमाडौ  तारकेश्वर नगरपालिका नगर प्रमुख रामेश्वर बोहराले अपांग भएका व्यक्तिहरुलाई उत्साह दिनुपर्ने बताएका छ । उहाँले अपांग भएका मानिसलाई अभिभावकले उत्साह दियो भने मानिसक तनाव नहुने र अपांगहरुलाई सबै मानिसले सम्मान गर्नुपर्ने बताए ।नगरपालिकाले अपांगहरुलाई प्रोत्साहन गर्ने कार्यक्रम दिन सधै प्रतिबद रहेको बताए ।                आज तारकेश्वर नगरपालिकाको बालबालिका तथा समाजकल्याण शाखाले ३० अौ अन्तर्राष्ट्रिय अपांग दिवस विविध साँस्कृतिक कार्यक्रम तथा सम्मान कार्यक्रम गरेको हो । ” हाम्रो प्राथमिकताको आधार ,अपांगता भएका व्यक्तिको अधिकार भने राष्ट्रिय नारा रहेको थियो ।         कार्यक्रममा तारकेश्वर नगरपालिका भित्र अपांगको क्षेत्रमा काम गर्ने सघ सस्था र अपांग भएको ११ वटा वडा बाट ११ जना लाई सम्मान गरिएको थियो । तारकेश्वर नगरपालिकाले तारकेश्वरमा सञ्चालनमा रहेको यातायात तारकेश्वर यातायात व्यावसायिलाई बसमा अपांग सम्बन्धि जनचेतनामूलक सन्देश बजाउन पेनडाईभ प्रदान गरिएको थियो ।कार्यक्रममा विभिन्न सास्कृतिक नृत्य प्रस्तुत गरिएको थियो ।

१७ मंसिर २०७८, शुक्रबार