नाट्टा निर्वाचनका लागि रमेश थापा समुहले गर्यो पत्रकार सम्मेलन गरि उम्मेदवार परिचयात्मक कार्यक्रम
काठमाडौ । नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स नाट्टाको निर्वाचनको लागि रमेश थापा समुहले आज ठमेलको गोकर्ण हाउसमा पत्रकार सम्मेलन गरि टिम घोषणा गरेको छ। 
पत्रकार सम्मेलनमा बोल्दै रमेश थापाले नाट्टामा देखिएका समस्याको जड सम्मै गएर समाधानमा आफू र आफ्नो सम्पुर्ण टिम दत्तचित्त भएर कार्य गर्ने बताए। कोभिड महामारी पछिको पर्यटकिय पुनरुत्थान, समग्र ब्यवसायिक समस्याको पहिचान , सम्बोधन र समाधानका लागि सम्पुर्ण पर्यटन ब्यवसायिहरुको सिङ्गो आवाजको रुपमा काम गर्न आफ्नो टिम दक्ष र सक्षम भएको थापाले बताएका छन। 

तेस्तै बरिष्ठ उपाध्यक्षमा प्रमोद दाहाल , उपाध्यक्षमा वरुण मेहेता, महासचिबमा कुमारमणी थपलिया , सचिबमा युबिका भण्डारी , कोषाध्यक्षमा राजकुमार देबकोटा, सह- कोषाध्यक्षमा राजा शाक्य , सदस्यमा ढकनाथ काफ्ले, नवराज भेटुवाल, परशुराम घिमिरे, राम शोभित नायक , डेन्डी शेर्पा, महेश कोइराला(दिपक), श्रद्धा जोशी, सवला भण्डारीले उम्मेद्वारी दिएका छन। नाट्टाको निर्वाचनका लागि रमेश थापाको समुहले २७ बुदे प्रतिवद्वता अघि सारेको छ। नाट्टा निर्वाचन यहि चैत १७ गते मार्च ३१ मा हुनेछ । नाट्टामा ४४९ सदस्य सङ्ख्या रहेको छ।
१३ चैत्र २०७८, आईतवार



