प्रचण्ड-माधव समुहको नेकपा संसदीय दलको बैठक बस्दै, ओलीलाई साधारण सदस्य समेत नरहने गरी कारबाही

काठमाडौं फागुन, १२ । सर्वोच्चले केपी ओलीले गरेको प्रतिनिधि सभा विघटन बदर गरेपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-माधव समूहले संसदीय दलको बैठक बुधबारको लागि बोलाइएको छ ।
बुधबार अपराह्न ४ बजेका लागि नेकपा संसदीय दलको बैठक बोलाइएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका छन् ।
हाल नेकपाको संसदीय दलको नेता प्रचण्डलाई चयन गरिएको छ ।
बुधबार हुने बैठकमा संसदीय दलले आगामी संसद बैठकमा खेल्नुपर्ने भूमिका र रणनीति तय गर्ने बताइएको छ ।
प्रचण्ड माधव समुहको नेकपाले केपी ओलीलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको छ ।