सरकारी कर्मचारीको संचयकोष तथा निवृत्तभरण वास्तविक समयमै व्यक्तिको खातामा पुग्ने

काठमाडौं फागुन,१३ । सरकारी कर्मचारीको संचयकोष तथा निवृत्तभरण बास्तविक समयमा नै व्यक्तिको खातामा जम्मा हुने भएको छ।

बुधबार अर्थ मन्त्रालयका राजस्व सचिव तथा कर्मचारी संचय कोषका रामशरण पुडासैनी र महालेखा नियन्त्रक मधुकुमार मरासिनीले संयुक्त रुपमा विद्युतीय माध्यमबाट लेखाकंन गर्ने प्रणालीको शुभारम्भ गरेका हुन् ।

विद्युतीय माध्यमबाट लेखाकंन गर्ने प्रणालीको कार्यान्वयनबाट कर्मचचारीको बास्तविक समयमा नै सञ्चय कोष, निवृत्तिभरण कोष तथा सापटी भुक्तानी हुने भएकोले सञ्चय कोष रकम ब्यक्तिगत खातामा जम्मा नहुने र हराउने, दोहोरो प्रविष्टि हुने,घटी बढी दाखिला हुने तथा एकै व्यक्तिका धेरै वटा खाता रहने लगायतका समस्याहरु समाधान हुने भएको छ ।