राष्ट्रपतिद्धारा फागुन २३ गतेको लागी संसद अधिबेशन आह्रवान

काठमाडौँ फागुन, १७ । राष्ट्रपति विद्यादेवी भण्डारीले फागुन २३ गते आइतबार दिउँसो ४ बजेका लागि प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छन् ।

आज फागुन १७ गते शुक्रबारको मन्त्रिपरिषदको बैठकले फागुन २३ गते संसद अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।

फागुन ११ गते सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन बदर गर्दै १३ दिनभित्र बैठक बोलाउन आदेश दिएको थियो ।

सर्वोच्चको आदेश अनुसार १३ दिनभित्रै संसद अधिवेशन बोलाउन लागिएको हो ।

 

१७ फाल्गुन २०७७, सोमबार