विप्लव समुहको अरु तीन कम्युनिस्ट पार्टीसँग रणनीतिक संयुक्त मोर्चाको बिषयमा सहमति

काठमाडौं २२, फागुन । नेकपा विप्लव समुहले अन्य तीन कम्युनिस्ट पार्टीसँग रणनीतिक संयुक्त मोर्चाको बिषयमा केन्द्रित रहेर शनिबार काठमाडौंमा बैठक बसेको छ ।

मोहन वैद्य किरणको क्रान्तिकारी–माओवादी, ऋषि कट्टेलको नेकपा र विश्वभक्त दुलाल आहुतीको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीसँग रणनितीक संयुक्त मोर्चाको बिषयमा बैठक बसेको विप्लव समुहको नेकपाले बताएको छ ।

शनिबारको बैठकमा विप्लव समूह र नेपाल सरकार बिच भएको सहमतिको बारेमा पनि चर्चा भएको थियो ।

आजको बैठकले यि चार कम्युनिष्ट पार्टीहरुले आगामी कार्यक्रमहरु संयुक्त रुपमा गर्ने निर्णय समेत गरेको स्रोतले बताएको छ ।