राष्ट्रिय युवा संघ नेपाल नुवाकोट-काठमाडौ अन्तर जिल्ला सम्पर्क कमिटी संयोजकमा अमित मगर
तारकेश्वर २३, फागुन । राष्ट्रिय युवा संघ नेपाल, नुवाकोट-काठमाडौं अन्तर जिल्ला सम्पर्क कमिटीको भेला शनिबार सम्पन्न भएको छ ।
शनिबारको भेलाले राष्ट्रिय युवा संघ नेपाल नुवाकोट काठमाडौं अन्तर जिल्ला कमिटीको संयोजकमा अमित मगर चयन भएका छन्।
हिजो काठमाडौंमा सम्पन्न भएको भेलामा नुवाकोट-काठमाडौं अन्तर जिल्ला सम्पर्क कमिटीमा २०१ जना सदस्य चयन भएको हो ।
उक्त कमिटीको सह-संयोजकमा निराजन प्याकुरेल,भरत तामाङ,जयराम ओस्स्तिती ,सचीवमा संजिब लामिछाने,सह-सचीवमा प्रज्वल तिमल्सिना,राम राजा खनाल,अक्षय बि.क र कोषाध्यक्षमा सम्झना नेपाल लगायत चयन भएको राष्ट्रिय युवा संघ नेपालले बताएको छ ।