नेकपाको आधिकारिकता ऋषि कट्टेललाई
काठमाडौं २३, फागुन । नेपाल कम्युनिष्ट पार्टीको आधिकारिकता सर्वोच्च अदालतले ऋषि कट्टेललाई दिएको छ ।
सर्वोच्चको न्यायाधीशद्वय कुमार रेग्मी र बमकुमार श्रेष्ठको संयुक्त इजलासले कट्टेलको रिट निवेदन बमोजिम नेकपाको आधिकारिकता कट्टेललाई दिने आईतबार निर्णय गरेको हो ।
सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को नाम दर्ताका क्रममा निर्वाचन आयोगबाट भएको निर्णयलाई त्रुटि भएको भन्दै सर्वोच्चले उक्त निर्णयको बदर गरिदिएको हो ।
सर्वोच्च अदालतले यस्तो निर्णय गरेसँगै हाल प्रचण्ड-माधव र ओली गरी दुई खेमामा विभाजित नेकपामाथिको दाबी विवाद थप जटिल बन्न पुगेको छ ।