अनुमति नलिइ गुणस्तर चिन्ह राख्ने सिमेन्ट उद्योग कार्वाहीमा

तारकेश्वर २८ ,फागुन । अनुमति नलिइ गुणस्तर चिन्ह राख्ने सम्राट सिमेन्ट उद्योग कार्वाहीमा परेको छ ।

नेपाल गुणस्तर तथा नाप तौल विभागले सम्राट सिमेन्ट उद्योगलाई कारबाही गर्ने बताएको छ ।

सिमेन्टमा अनुमति नलिइ नेपाल गुणस्तर चिन्ह एनएस नराखी प्याकीङ गरेको थाहा पाएपछि विभागले सम्राट सिमेन्ट उद्योगलाई कारबाही गर्ने भएको हो ।

नेपाल गुणस्तर प्रमाण चिन्ह ऐन २०३७ अनुसार सम्राट सिमेन्ट उद्योगलाई कारबाही प्रक्रिया अघि बढाइएको गुणस्तर तथा नाप तौल बिभागले बताएको छ ।