एमालेले सात ओटै प्रदेशमा इन्चार्ज तोक्यो, मंसिरमा महाधिवेशन हुने

तारकेश्वर २८, फागुन । नेकपा एमालेले शुक्रबार सात ओटै प्रदेशमा इन्चार्ज तोकेको छ ।

सर्वोच्च अदालतको निर्णयले पहिलेकै नाममा फर्किएको एमालेले शुक्रबार सातै प्रदेशमा पार्टीका इन्चार्ज तोकेको हो ।

नेकपा एमालेका मुख्य सचेतक विशाल भट्टराईका अनुसार विभागीय र भौगोलिक जिम्मेवारी हेरफेर गरिएको छ ।

एमालेको शुक्रबार बसेको बैठकले रामबहादुर थापा ‘बादल’ को नेतृत्वमा माओवादी केन्द्रबाट एमालेमा आएका २३ जनालाई पनि एमाले केन्द्रीय समितिमा मनोनयन गरिएको छ ।

केन्द्रीय कमिटीको बैठकले प्रदेश इन्चार्जहरु पनि तोकेको एमाले सचेतक विशाल भट्टराईले बताए ।

बैठकले बाग्मती इन्चार्ज राम बहादुर बादल, कर्णाली इन्चार्ज यम लाल कडेल, एक नम्बर प्रदेश इन्चार्ज सुबास नेवाङ, दुई नम्बर प्रदेश इन्चार्ज सत्य नारायण मण्डल, गण्डकी प्रदेश इन्चार्ज पृथ्वी सुब्बा गुरुङ, लुम्बिनी प्रदेश इन्चार्ज शंकर पोखरेल, सुदुर पश्चिम प्रदेश इन्चार्ज लेखराज भट्टलाई तोकेको छ ।

मंसिरमा महाधिवेशन हुने:

शुक्रबारको बैठकले पार्टीको प्रवक्तामा प्रदिप ज्ञावली , संगठन बिभागको प्रमुखमा बिष्णु पौडेल र बिदेश बिभाग प्रमुखमा राजन भट्टराईलाई जिम्मेवारी दिएको छ । बैठकले महाधिवेशन आगामी मंसिर २ देखि ८ मा गर्ने निर्णय गरेको छ । केन्द्रीय कार्यसमितिको अर्को बैठक चैत ७ गते बस्ने जनाइएको छ ।